
फाइल तस्बिर
विदुर । जलविद्युतको हव नै मानिएको नुवाकोट जिल्लाले मासिक रुपमा साढे तीन लाख युनिट विद्युत खपत गर्ने गरेको छ । नुवाकोट जिल्लास्थित त्रिशुली जलविद्युत केन्द्रको वितरण शाखाका प्रमुख जिसीले दिनु भएको जानकारी अनुसार जिल्लामा ६१ हजार ७ सय १६ घरधुरीले मिटर जडान गरेका छन् ।
यस्तै मठमन्दिर,पार्टी पौवा र उद्योग धन्दामा गरेर भने ६३ हजार ८ सय २० वटा मिटर जडान भएका छन् । जिल्लामा वितरण गरिएको विद्युतबाट पछिल्लो जेठ महिनाको विवरण अनुसार मासिक रुपमा साढे तीन करोड आम्दानी भएको पनि प्रमुख जिसीले जानकारी दिनुभयो । उहाले नुवाकोटबाट उत्पादन भएको विद्युत मुख्य प्रसारण लाइनमा जोडिने र त्यसपछि मात्रै नुवाकोट आउने गरेको पनि जानकारी दिनुभयो ।
उहाले पिक आवरमा ८ मेगाबाटसम्म विद्युत नुवाकोटका लागि आवश्यक पर्ने जानकारी दिनुभयो । उहाले अति आवश्यक तथा लामो समय केन्द्रीय प्रशारण लाइनबाट विद्युत आउन समस्या भएको खण्डमा देवीघाटबाट उत्पादन भएको विद्युतलाई पनि जोडर नुवाकोटमा बत्ति वितरण गर्न सकिने व्यवस्था रहेको जानकारी दिनुभयो ।
नुवाकोट जिल्लामा मात्रै नेपाल विद्युत प्राधिकरणको मातहतमा त्रिशुली जलविद्युत केन्द्रबाट २१ र देवीबाट जलविद्युतबाट १४ मेगावाट विद्युत उत्पादन हुने गरेको छ । हिउँदका समयमा भने यो संख्या घट्ने प्रमुख जिसीले जानकारी दिनुभयो । यस्तै समुन्द्रटामा निर्माण भएका बुद्धभूमिबाट पनि केन्द्रीय प्रशारण लाइनमा ५ मेगावाट विद्युत जोडिएको छ । यस्तै नुवाकोट र रसुवासँग जोडिएको माथिल्लो त्रिशुली थ्री ए, बि पनि उत्पादनको क्रममा रहेका छन् ।
माथिल्लो त्रिशुली थ्री एमा ६० र बि मा ३७ मेगावाट विद्युत उत्पादन हुने जनाइएको छ । रसुवामा भने नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत केन्द्रले रसुवाढी,साञ्जेल जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । यस्तै मध्य भोटेकेशीको पनि काम भैरहेको छ । आगामी १० वर्षभित्र नेपालले १० हजार मेगावाट विद्युत भामरत निर्यात गर्ने क्षमता बनाउने बताइएको छ । नेपालबाट उत्पादित विद्युत भारतले किन्ने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणमा समेत सम्झौता भएको छ