
बन्चरे डाँडाको फाइल तस्बिर
ककनी । राधानीको फोहोर विर्सजन गर्ने स्थान सिसडोल क्षेत्रमा फोहोरका कारण बढेको दुर्गन्ध हटाउन शहरी विकास मन्त्रालय तयार भएको छ । आज मन्त्रालयका फोहोर प्रभावित स्थानीयहरुसँगको छलफलमा शहरी विकासमन्त्री सीता गुरुड.ले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
स्थानीयहरुले सरकारले यसअघि गरेका १८ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेपनि तत्कालका लागि फोहोरेको दुगन्र्ध र झिँगा हटाउने केमिकल छर्कने र हाल जम्मा भएका फोहोर पुरेपछि मात्रै अरु फोहोर लैजान विषयमा सहमति भएको बेलकोटगढी वडा नं २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिनाले नुवाकोट पुकारडटकमलाई जानकारी दिनुभयो । उनले विगतका समहति कार्यान्वयका लागि आफुहरुले दाव दिएको पनि बताउनुभयो ।
उहाले सहमति अनुसार फोहोरको दुर्गन्ध हटाउने र फोहोर पुर्ने निर्णय कार्यान्वय भएपछि मात्रै फोहोर फाल्न दिने अडान आफूहरुले राखेको नुवाकोट पुकार डटकमलाई नकारी दिनुभयो ।
छलफलमा अन्य नगरपालिकाका प्रमुखहरु उपस्थिति भएपनि काठमाडौ महानगरपालिकाका मेयर बोलेन्द्र शाह अनुपस्थित भएपछि सहमति कार्यान्वयन हुनेमा थप शंका उत्पन्न भएको स्थानीयहरुले बताएका छन् । महानगर मेयरले यस्तै रबैया देखाए आफूहरु कुनै पनि हालतमा फाहोर फाल्न नदिने चेतावनी स्थानीयले दिएका छन् । बञ्चरेडाँडामा फोहोर बिर्सजन गर्ने स्थलको रुपमा विकास गरेपनि फोहोरलाई व्यवस्थित रुपमा बिर्सजन नगर्दा करिब ५ हजार ककनीबासी त्यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
स्थानीय श्रीहरि ढकालले फोहोको गन्धका कारण त्यहा बस्न नसक्ने अवस्था सिर्जना हुँदा पनि काठमाडौ महानगरपालिका र सरकारले चासो नदिनु दुःखद भएको बताए । उनले आफूहरु अब जीवन मरणको अवस्थामा पुगेको भन्द स्थानीयको माग सुनुवाई नगरिए फोहोर फाल्न कुनै पनि हालतमा नदिने बताए ।