
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुन जोख्नका लागि नेपाल राष्ट्बैंक लगिएको छ । उक्त सुनबारे राजश्न अनुसनधान विभागले अनुसन्धान गरिरहेको जनाइएको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार बरामद सुर झन्डै एक सय किलोको भएको अनुमान गरिए पनि यकिन परिणाम भने राष्ट्र बैङ्क बाट तौल गरे पछिमात्रै थाहा हुने छ ।
उहाँले भन्नुभयो, बरामद भएको सुन झन्डै सय किलोको अनुमान गरिए पनि यकिन परिणाम भने मात्र थाहा हुन्छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा अहिलेसम्म छ जना पक्राउ परेको उहाँले बताउनुभयो ।
विमानस्थल भन्सार जाँच पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद गरिएको थियो । सुन कसरी त्रिभुवन विमानस्थलबाट बाहिरियो भन्ने विषय गम्भीर रहेको भन्दै त्यसबारेमा छानविन हुने विभागले जनाएको छ । राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको छ । यसमा कसैन कसैको मिलेमतो रहेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।
तर कसले र कसरी यतिधेरै सुन त्रिभुवन विमानस्थलबाट बाहिर ल्याउन सक्यो भन्न्ेबारे भने केही दिन भित्र नै रहस्य थाहा हुने जानकारहरु बताउँछन् । सर्वसाधारणले ल्याएको सामान चार घेराबाट चेकजाँच हुने गरेको छ जाँचपास गरेर बाहिर आउनुपर्ने अवस्थामा यति धेरै सुन ल्याउँदा पनि जानकारी नभएको जस्तो गरेको विमानथलसहित यसमा ठूले गिरोह रहेको कुरा सजिलै बुझ्न सकिन्छ । बराम भएको सुन राजश्व अनुसन्धान विभागमा पुगेका कारण प्रधानमन्त्रीले यसबारेमा गम्भीरताकासाथ छानविन हुने विश्वस गर्न सकिन्छ ।तर नेपालमा भ्रष्टाचार र कालोबजारी गर्न जालो कति शक्तिशाली रहेछ भन्ने कुरा यसबाट पुष्टि हुन्छ।