
शिवपुरी गाउँपालिका वडा नं ७ मा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द थपलीया, कांग्रेस जिल्ला सहसचिव उत्तम पाठक, पार्टी सभापति कविराज गुरुड. लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु तस्बिर . नुवाकोट पुकार डटकम
काठमाडौं , नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिार्वचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरलाको ४० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज साउन ६ गते कोइरालाको स्वर्गारोहण भएको दिनलाई वी.पी. स्मृति दिवसको रुपमा कांग्रेसले मनाउँदै आएको छ ।

जिल्ला कार्यसमितिले आयोजना गरेको अन्र्तक्रिया कायक्रममा कांग्रेस नेताहरु
यसपटक भने कांग्रेस केन्द्रीय समितिकोे निर्देशन अनुसार देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैक्रममा नेपाली कांग्रेस नुवाकोटको सक्रियतामा जिल्लाका १२ पालिकाका विभिन्न स्थानम वृक्षरोपण गरेर मनाइएको छ । नेपाली कांग्रेस शिवपुरीको आयोजनामा वडा नं ७मा वृक्षारोपण गरिएको छ । कार्यक्रममा गाउँपाकिा अध्यक्ष गोविन्द थपलीया, नेपाली कांग्रेसका जिल्ला सहसचिव उत्तम पाठक, क्षेत्रीय सचिव शिव गुणी, गाउँपालिका इकाई सभापति कविराज गुरुड. लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
यस्तै नेपाली कांग्रेस पञ्चकन्याले पनि वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसक जिल्ला सभापति रमेश कुमार महतको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपण कार्यक्रममा उपसभापति तथा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाड.,कांग्रेस पञ्चकन्याका सभापति एवं कांग्रेस नेताहरु माधव मिश्र, कृष्ण मिश्र,यस्तै कांग्रेस लिखु, सुर्यगढी लगायतका पालिकाहरुले भने विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । नेपाली कांग्रेस नुवाकोटले जिल्लामा अन्र्तक्रिया कार्यक्रमको आयोजना राखेको छ ।नेपाली कांग्रेस ककनी २ द्वारा विपि स्मृति दिवस “ को अवसरमा ककनी हीले भिट्टा देखि ककनी हाइट सम्म सडक किनारा वृक्षारोपण कार्यऋममा ..

कांग्रेस पञ्चकन्या आयोजनामाको भएको वृक्षारोपण कार्यक्रम . कार्यक्रमपाली कांग्रेस जिल्ला सभापति रमेश कुमार महतको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपण कार्यक्रममा उपसभापति तथा तादी गाउँपालिका अध्यक्ष सन्त्मान तामाड.,कांग्रेस पञ्चकन्याका सभापति एवं कांग्रेस नेताहरु माधव मिश्र, कृष्ण मिश्र लगायतकाको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस ककनी २ द्वारा आयोजित आज “ विपि स्मृति दिवस “ को अवसरमा ककनी हीले भिट्टा देखि ककनी हाइट सम्म सडक किनारा वृक्षारोपण कार्यऋम ..
सो अवसरमा सभापति महतले वीपी कोइरालाले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । उपसभापति तामाड.ले पीव जस्ता नेताहरुको यागदानमा कारण नै नेपालमा आज लोकतन्त्र आएको उल्लेख गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक आर्दश पूरुष कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएसँगै प्रधानमन्त्री बन्नु भएको थियो ।
तर कोइरालाको पक्षमा जनमत बढ्दै गएपछि तत्कालिन राजा महेन्द्रले २०१७ साल पुष १ गते बहुदलीय व्यवस्थाको अपहरण गर्दै निर्दलीय व्यवस्था लागू गराएका थिए । त्यसपछि उक्त व्यवस्था फाल्नका लागि नेपाली जनताले ३० वर्ष कुर्नु परेको थिय