
फाइल तस्बिर
सन्र्दभ ः पुष्पलालको ४५ औं स्मृति दिवस
काठमाडौँ । नेपालका बामपन्थी दलहरुले आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमालेले पुष्पलालको सालिकामा माल्र्यापण गरेर मनाउने तयारी गरेको छ भने अन्य बामपन्थी दलहरुले पनि विभिन्न अन्र्तक्रिया, छलफल कार्यक्रम राखेका छन् ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ । पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी)ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन् । विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो ।
विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ । जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उहाँले देख्नुभएको सपना पूरा हुन नसकेको गुनासा भने हटेको छैन छ ।
संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइँदै आएको छ । नेकपा एमाले लगायतका दलहरुले पुष्पलालले अघि सार्नुभएको कम्युनिष्ट समाजवाद र मदन भण्डारीले अघि सार्नु भएको जनताको समाजवादलाई अंगिकार गर्दै आइरहेका छन् । विचार र सिद्धान्त उस्तै भएपनि नेपालका कम्युनिष्टहरु भने विभिन्न धारमा विभाजित हुँदै आएका छन् । नेकपाको नाममा एक भएका कम्युष्टिहरु पनि पछिल्लो समय तीन दलमा विभाजित भएका छन् ।