
फाइल तस्बिर
शुकदेव दाहाल
काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे पुन ः बस्ने भएको छ । आजको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले बोल्ने कार्यक्रम रहेको छ । १८३ जना केन्द्रीय सदस्य रहेको नेपाली कांग्रेसमा आलसम्म ११५ जनाले बोलेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाका अनुसार भोली पार्टीको निर्णयसहित बैठक समापन गर्ने तयारी रहेको छ । बैठकमा महामन्त्री गगन थापाले पेश गर्नुभएको १० वटा विषयमा नेताहरुले धारणा राखेपनि महामन्त्रीहरुले सभापतिका विरुद्ध सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति कडा रुपमा प्रतिवाद भएको छ । देउवा निकट केन्द्रीय सदस्यहरुदेखि शेखर पक्षका नेताहरुले समेत महामन्त्रीहरुको निर्णय र विचार कमजोर भएको टिप्पणाी गरेका छन् ।
केन्द्रीय समितिमा देउवा पक्षको बहुमत रहेको छ । पार्टीलाई विधि र प्रक्रिया विपरित हिडाउने भन्दा पनि महामन्त्री जस्तो कार्यकारी पदमा रहेका नेताहरुले नेतृत्वलाई मात्रै गाली गरेको प्रति केन्द्रीय सदस्यहरुले आवाज उठाएका छन् । यसले महामन्त्रीहरुलाई आफ्ना विचारलार्य सच्याउन पर्ने नैतिक रुपमा दवाव सिर्जना गरिदिएको छ भने अर्कोतर्फ अपरिपक्त अभिव्यक्तिको रुपमा पनि चित्रण भएको छ ।
अको कुरा महामन्त्री भनेको सभापतिको सहयोगी भूमिका रहेर पार्टीलाई बलियो बनाउने भूमिकाको पद हो, जसलाई सहि रुपमा प्रयोग गर्न सके स्वभाविक रुपमा नेता हुन सकिने सन्देश पनि दिएको छ यस्तै रुपान्तरणको मुद्दा लिएर जिल्ला जाने नेताहरुले पनि पार्टीलाई भन्दा गुटलाई महत्व दिएको भन्दै त्यसको पनि आलोचना गरेका छन् ।
यस्तै भ्रष्टाचारको काण्डमा मुछिएका नेता बालकृष्ण खाँडको विषयमा पनि खासै कुरा उठेको छैन । बरु उनको बचाउँ गरिएको छ । यस्तै महामन्त्रीहरुले विशेष महाधिवेशनको कुरा उाउने अनुमान गरिएपनि केन्द्रीय सदस्यहरुले त्यसलाई ठाडै अस्विकार गर्ने देखिएपछि त्यो विषयले त झन प्रवेश नै पाउन सक्ने अवस्था देखिएन । त्यसको काउण्टरमा केन्द्रीय सदस्यहरुले नै सभापतिको विकल्प खोज्ने भनेका महामन्त्रीहरुलाई नै तपाईहरुको पनि विकल्प खोज्छौँ भनिदिए । यसले महामन्त्रीहरुले अघि सारेका विचार र अडानहरु कमजोर सावित भएका छन् ।
पार्टीमा केही आशा गरिएका र महाधिवेशनमा पार्टीका प्रतिनिधिहरुबाट सानदार मतकासाथ नेतृत्वमा पुगेका महामन्त्रीहरुको कार्यशैलीले सभापति देउवा भन्दा उनीहरु बढि आलोचनाका पात्र बन्न पुगे । यसको कारण हो, पार्टीलाई बलियो बनाउने भन्दा पनि आफूलाई मात्रै केन्द्रमा राखिएर गरिएको प्रयास नै हो ।
यसको काउण्टरमा सभापति देउवाको भने खुलेर समर्थन गरिएको छ । महामन्त्रीहरुले गाली गर्ने र नेतृत्व फेर्ने, देउवाले नेतृत्व गर्न नसक्ने जस्ता कुरा गरिरहँदा पनि सभपाति देउवाले कुनै प्रतिक्रिया दिएनन् बरु आफूलाई गाली गरेर पार्टी बलियो नहुने भन्ने सन्देश मात्रै दिए । जसको फल देउवाले केन्द्रीय समितिमा प्राप्त गरेका छन् । उनी निकट भएका कारणले भन्दा पनि नेपाली कांग्रेसलाई देउवाको नेतृत्वमा जसरी पहिलो दल बनाए र पार्टीले गुमाइसकेको राष्ट्पतिदेखि संघ र प्रदेशमा पुन ः नेतृत्व ल्याउन सफल भए त्यसलै नै उनको प्रशंसा गरिएको हो । जुन कुरा जायज पनि देखिन्छ ।
तर यसको विरुद्ध पार्टीका युवा भनिएका नेताहरुले भने बारम्बार कांग्रेस कमजोर भएको रटान मात्रै दिए, यसको करण थियो देउवालाई कमजोर देखाएर आफू नेतृत्वमा पुग्ने,जुन कुरालाई पार्टीको केन्द्रीय समितिले औपचारिक रुपमा अस्विकार गरिदिएको छ । केन्द्रीय समितिको बैठकले कांग्रेसको बल भनेको एकता हो भन्ने सन्देश पनि दिएको छ । अबका दिनमा केन्द्रीय समितिले पार्टीका महामन्त्रीले अघि सारेको कार्यक्रमलाई कार्यतालिकाकासाथ एकतावद्ध भएर अघि बढाउन सकेको खण्डमा कांग्रेस कमजोर होइन झन बलियो हुनेछ