
काठमाडौं । नेपाली कांग्रेसको सह माहामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले कांग्रेस कमजोर नभएको र कांग्रेसले नै कमजोर बनाउन खोजेको बताउनु भएको छ । कांग्रेस केन्द्रीय समितिको पाँचौं दिनको बैठकमा बोल्दै उहाले नेपाली कांग्रेस स्थानीय तहदेखि संघसम्म पहिलो पार्टी भएको स्मरण गराउँदै नेपाली कांग्रेसका केही नेताहरुले नै कांग्रेस कमजोर भयो भनेर गलत प्रचार गरिरहेको बताउनुभएको छ ।
बैठकमा आफ्नो धारणा राख्दै उपाध्यायाले पार्टीका महामन्त्रीहरुप्रति इंगित गर्दै भन्नुभयो, कांग्रेस स्थानीय तहदेखि सबै ठाउँमा पहिलो छ, तर हाम्रा साथीहरु कांग्रेस कमजोर भयो भन्नुहुन्छ, यसले नेता कार्यकर्ताको मनोबल गिराउने काम भएको छ यो गलत कुरा हो । उहाले पार्टीका नेता बालकृष्ण खाँडको मुद्दा अदालतमा पुगेको अवस्थामा कांग्रेसकै नेताहरु दोषी करार गर्न लागि परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाले पार्टी सभापतिको सुझबुझपूर्ण निर्णयका कारण नै कांग्रेसले अहिले प्रदेश र संघमा समेत सरकारमा सहभागि भएको बताउनुभयो ।
आजको बैठकमा पार्टीका सहमाहामन्त्रीहरुले आफ्ना धारणा राखेका थिए । पार्टीका संस्थापक पक्षले महामन्त्री गगन थापाले विगतमा दिएको अभिव्यीक्तलाई लिएर असहमति जनाएका थिए । सहमाहामन्त्री बद्री पाण्डे, भिस्मराज आड.्देम्वा,जीवन परियार,केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले पनि पार्टीका नेताहरुमा आफू भए मात्रै ठिक अर्को भए बेठिक भन्ने परम्परा भएको भन्दै यसले कांग्रेसलाई नै कमजोर बनाएको बताउनुभयो ।
उहाले पार्टीका युवा नेताहरुले युवा खोजेपनि आफू मात्रै युवा भएको भन्ने जस्तो गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाले सभापतिलाई गाली गरेर कांग्रेस बलियो नहुने भन्दै आपसी एकता र मेलमिलाप भएमात्रै कांग्रेस बलियो हुने बताउनुभयो । बैठकमा बोल्ने नेताहरुले पार्टीमा सहमतिका आधारमा निर्णय गर्ने तर बाहिर आएर असहमति देखाउने कामले नै कांग्रेसलाई कमजोर बनाएको र नेता कार्यकर्ताको मनोबल कमजोर बनाएको बताएका थिए । उहाले पार्टीलाई अनुशासित बनाउनुपर्नेमा पनि जोड दिनुभयो । नेपाली कांग्रेसको बैठक भोली समापन गर्ने तयारी रहेको छ । भोली ३ बजेका लागि बैठक बोलाइएको छ .