
काठमाडौ । ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र रु.१५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बै.कले जारी गरेको विज्ञप्ति अनुसार ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको हो । यस खाताले ग्राहकवर्गलाई बचत संगै क्ष्एइ हरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउने पनि जनाइएको छ ।
यस बचत खातामा ग्राहकहरुले न्यूनतम रु. १५ मौज्दातमै १५ महिनासम्म निम्न १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहित पाउन सकिने पनि जनाइएको छ । बैंकले सुपर स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १२१ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने पनि जनाएको छ । उक्त योजना बचत तथा लगानी संगै एउटै बचत योजनाबाट अधिकतम लाभ लिन चाहने सम्पूर्ण ग्राहकवर्गहरुका लागि उपयुक्त खाता भएको विश्वास बैंकले लिएको छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ ।