नेपाल अायल निगमले इन्धनकाे मुल्य घटाएसँगै बागमती प्रदेश सरकारले पनि सार्वजनिक यातायातको भाडा घटाएकाे छ ।
नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले आज बिहीबार देखि लागू हुने गरी पुनः भाडादर घटाउने निर्णय गरेकाे छ ।अायल निगमले स्वचालित मुल्य प्रणाली लागू गरिसकेकाे छ ।
इन्धनको मूल्य ५ प्रतिशत बढ्दा वा घट्दा भाडा सोही किसिमले घटाउनु वा बढाउनुपर्ने भएकाले अहिले भाडादर घटाउन लागिएको बागमती प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेकाे भाडादर अनुसार प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ । यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्ने भएको छ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने जनाइएको छ ।हाल डिजेलकाे मुल्य १४६ र पेट्रोलकाे मुल्य १६४ रहेकाे छ ।