काठमाडौ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले साउन१५ काे अवसरमा राजधानी चियापान तथा खिर खाने कार्यक्रमकाे अायाेजना गर्ने भएको छ ।
नेपाली काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकाे प्रमुख अातिथ्यतामा कार्यक्रम अायाेजना गर्न लागिएको कांंग्रेस क्षेत्रिय सचिव शिव गुणीले नुवाकोट पुकारलाई जानकारी दिनुभयाे गुणीका अनुसार १५ गते अपराह्न ३.३० बजे राजधानीकाे बसुन्धरास्थित फुड्ल्याण्ड पाटी प्यालेसमा कार्यक्रम अायाेजना हुनेछ ।
कार्यक्रममा सभापति देउवासहित अर्थ मन्त्री डा . प्रकाशरण महत ,कांग्रेस नेता डा. रामशरण महत, अर्जुननरसिंह केसी , बागमती प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री बहादुरसिहं लामा , जिल्ला सभापति रमेश महत सहितका नेताहरुलाई निमन्त्रण गरिएकाे गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेसले राजधानीमा रहेका कांग्रेस नेता कार्यकर्तालाई कार्यक्रम सहभागी हुन चुले निम्तो गरेकाे क्षेत्रियस मितिले वितरण गरेकाे निमन्त्रणा पत्रमा उल्लेख गरेकाे छ । साेहि दिन कांग्रेस नेता जगदीश्वरनरसिहं केसीले पनि कार्यक्रमकाे अायाेजना गर्नु भएको छ ।