विदुर । नुवाकोट निर्माण व्यवसायि संघले जिल्ला प्रशासन नुवाकोटमा धर्ना दिएकाे छ । संघको अायाेजनामा अाज निर्माण व्यवसायिहरुले अध्यक्ष शैलेन्द्र कुमार प्याकुरेलकाे नेतृत्वमा प्रशासन कार्यलय पुगेका निर्माण व्यवसायीले धर्ना दिएमा हुन ।
अनिहरुले प्रशासन मार्फत अर्थमन्त्रीकाे ध्यानाकर्षण समेत गराएका छन् । निर्माण व्यवसायीले ठेक्का सम्झौता भएको काम सम्पन्न भएका याेजनाहरुकाे भुक्तानी गरिनु पर्ने , उपभोक्ता समिति मार्फत गर्ने काम रद्ध गरिनु पर्ने ,ठेक्का सम्झौताकाे म्याद थप गरिनु पर्ने माग अघि सारेका छन् ।
उनिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । निर्माण व्यवसायिहरुले उठाउनुभएको मागलाई प्रमुख जिल्ला अधिकारी किरण थापाले सम्बन्धित निकायमा पठाउने प्नतिवद्दता जनाउनु भएको अध्यक्ष प्याकुरेलले नुवाकोट पुकार डटकमलाइ जानकारी दिनुभयो ।
पछिल्लो समय सरकासँग खर्च गर्ने रकम अभाव भएका कारण निर्माण व्यवसायीलाई अरबाै रकम भुक्तानी गर्न बाँकी रहेछ । यस्तै निर्माण सम्झौता थप भएको छैन भने ७० लाख सम्म उपभोक्ता समितिले गर्न पाउने व्यवस्थाका कारण साना ठेकेदार भने मर्कामा पर्दै अाएका छन् । धर्ना कार्यक्रममा नुवाकोटका निर्माण व्यवसायीहरु प्रशासन कार्यालय पुगेका थिए । उनिहरुले अाफुहरुकाे माग पूरा नभए थप अान्दोलनमा जाने समेत बताएका छन् ।