विदुर । अाज नुवाकोटको दुप्चेश्वर गा.पा.वडा न: ४ गोल्फुभन्ज्यङ निवासी स्याम गुरुङको गोठ माथि अाएकाे पहिरोको कारण १ भैसि र ७ खसी बाख्रा पहिरोले पुरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीले दिनुभएको जानकारी अनुसार बिहान ५ बजेकाे समयमा अाएकाे पहिराले १ भैसि र १ पाठि घाइते अबस्थमा रहेको छन् ।
पहिराेले पुरेका भैंसी, बाख्रा निकाल्ने काम भएको जनाइएको छ । यसैबीच नेपाली कांग्रेस नुवाकोटले घटनाप्रति दु : ख व्यक्त गर्दै पिडित किसानलाई क्षतिपूर्तिकाे माग समेत गरेकाे छ । सभापति रमेश महतले विज्ञप्ति मार्फत सरकारकाे ध्यानाकर्षण गराउनु भभएको छ ।