
अर्थमन्त्री डा प्रकाशशरण महत त्रिभुवन विमानस्थलको अनुगमन गर्दै
काठमाडौँ । त्रिभसवन विमानस्थलबाट एक क्वीटर सुन बाहिरिएको विषय फरक फरक धारणा आइरहेका बेला अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागको अनुगमन गर्नुभएको छ । आज विमानस्थलको अनुगमनपछि अर्थमन्त्री डा. महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार रुपले काम गर्न निर्देशन दिनुभएको छ ।
उहाले अपराध वा तस्करी गर्ने व्यक्तिहरुले फरक फरक ढंगले प्रयोग गरिरहेका हुन्छन् भन्दै अर्थमन्त्री डा. महतले समय सापेक्ष प्रविधिको विकास गर्नुपर्ने पनिमा जोड दिनुभएको छ । उहाले त्यसको लागि अर्थमन्त्रालयले जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि जनाउनु भएको थियो । अर्थमन्त्री महतले भन्सार एजेण्ट भन्दा बाहिरबाट कसैलार्य पनि प्रवेशमा रोक लगाउनुपर्नेमा पनि जोड दिनुभएको थियो ।
उहाले सुन प्रकणमा अनुसनधान भैरहेको भन्दै अनुसन्धान सकिएपछि कहाँबाट कसको कमजोरी भएको छ भन्ने निश्कर्ष आउने र राज्यले त्यसअनुसार आवश्यक प्रक्रिया अगाढि बढाउने पनि बताउनुभयो । उहाले राज्यका तफृबाट अनुसनधानमा पूर्ण रुपमा सहयोग रहने पनि प्रतिवद्धता जनाउनु भएको थियो ।
सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के कस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिक रुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिनुभएको थियो । उहाले भन्सारका काम कारबाहीबारेमा पनि चासो राख्नु भएको थियो । अनुगमनका क्रममा मन्त्री महतले कर्मचारीलाई आ आफ्नो जिम्मेवारीमा रहन निर्देशन दिँदै कुनै पनि उदासिनता सरकारलाई मान्य नहुने भन्दै कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।