
काठमाडौँ । बाम बुद्धिजिवि तथा शिक्षासेवी स्वर्गीय माधव मरहठ्ठाको जीवनीमा आधारित पुस्तक ‘‘माधव सर’’ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकार्पण गर्नुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । मरहठ्ठा परिवारले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जगको आधार खडा भएको भएको बताउँदै सरकारको भ्रष्टाचार विरोधी अभियानमा दृढतापूर्वक साथ, सहयोग र ऐक्यबद्धताप्रति आधार व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले वाम बुद्धिजीवी मरहठ्ठाको वामपन्थी आन्दोलनमा निरन्तर सक्रियता रहेको बताउँदै क्रान्तिकारी जनमत निर्माण र कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मरहठ्ठा सरमा बौद्धिक, जुझारु र क्रान्तिकारी योद्धाहरूको निष्ठा, त्याग, समर्पण अन्तर्निहित रहेको भन्दै उहाँको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने धारणा राख्नुभएको थियो । कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटा, माओवादी संसदीय दलका सचेतक हितराज पाण्डे, माओवादी नेतृ तथा पूर्व मन्त्री कल्पना धमलासहितका नेताहरुले स्वर्गाीय मरहठ्ठाले माओवादी पार्टी र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।