विदुर । नुवाकाेट जिल्लाकाे रानीपाैवा -चतुराले-ढांडेफेदी-नारायणस्थान हुदै विदुर नगरपालिका जोड्ने सडक निर्माणका लागि बाेलपत्र स्वीकृत भएको छ । बागमती प्रदेश सरकार पुर्बाधार बिकास कार्यालय नुवाकोटबाट बहुबर्षिय ठेक्काबाट संझौता भई काम शुरु हुने अवस्थामा पुगेको छ ।
कार्यालयले अाज प्रकाशित गरेकाे सूचना अनुसार मध्यपुर ठिमी नगरपालिका ठेगाना रहेकाे कम्पनी मास्डिङ निर्माण सेवा कम्पनीले ठेक्का पारेकाे छ । उक्त कम्पनीले 11 कराेड 21 लाख 18 हजार 1 सय २२ रुपैया मुल्य अभिवृद्धि कर सहित ठेक्का पारेकाे छ । पुर्वाधार कार्यालयले उक्त कम्पनीको प्रस्ताव स्वीकत गरेकाे छ ।
अब उपभोक्ताले व्यवसायीलाई छिट्टै काम शुरु गर्न र गुणस्तरीय कामको खबरदारी गर्न नेपाली कांग्रेसका सभापति रमेश महतले उक्त क्षेत्रका उपभोक्तालाई अपिल गरेका छन् । उक्त सडक निर्माण भए सँगै जिल्ला सदरमुकाम पुग्न सहज हुनेछ । उक्त सडकबाट १५ हजार भन्दा बढि नागरिकले प्रत्यक्ष फाइला पाउनेछन्।
नेपाली कांग्रेस नेतृत्वको सरकारले उक्त याेजनाका लागि बजेट व्यवस्था गरेकाे थियाे । पछिल्लो पटकको बजेटमा नुवाकोट जिल्लामा अधिकांश याेजना समावेश भएका छन् । यद्यपि कांग्रेस नेता अर्जुननरसिंह केसीले भने अाफ्नाे क्षेत्रमा बजेट विनियोजनमा बेवास्था गरेको भन्दै संसदमा नै विराेध जनाउनु भएको थियाे ।