सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले शनिबारदेखि रिक्त हुने प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वोच्चका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको बैठकपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । न्याय परिषदमा ४० वर्ष विताएका श्रेष्ठले उमेरहद अनुसार १४ महिना न्यायल सेवाकाे उच्च तहकाे नेतृत्व गर्न पाउनु हुनेछ।
श्रेष्ठलाई संसदीय समितिले सार्वजनिक सुनुवाइ मार्फत सिफारिस अनुमाेदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्नु हुनेछ ।