काठमाडौँ। मुलुकाे ,क , वर्गकाे बाणिज्य बैंक सानिमा बैंक लिमिटेडले अाफ्नाे खुद नाफामा भारी वृद्धि गरेकाे छ । बैकले हालै सार्वजनिक गरेकाे गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक विवरण अनुसार बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकको यो मुनाफा अघिल्लो आवको भन्दा २५.१३ प्रतिशत देखिन्न्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको समिक्षा अवधिमा यस्तो मुनाफा २ अर्ब २० करोड ९६ लाख रहेको छ। जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशले बढी हो। अघिल्लो वर्षको समिक्षा अवधिमा यस्तो मुनाफा मात्रै १ अर्ब २४ करोड ४४ लाख कायम भएको थियो।
बैंकले सार्वजनीक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तिय विवरणमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको देखिन्छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेर ६ अर्ब ४८ करोड ९३ लाख रहेकाे छ खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशतले बढेर ७७ करोड ८८ लाख कायम भएको छ।
बैंकको कुल सञ्चालन आम्दानी २६.७७ प्रतिशतले बढेर ७ अर्ब ६४ करोड ३५ लाख कायम भएको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ।
१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित रहेकाे जनाइएको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ भने कर्जा लगानी ६.५० प्रतिशत बढेको छ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार प्रतिशेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ ।१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१