विदुर । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा जिल्लाका पत्रकाहरु एकतावद्द भएर लाग्न अाग्रह गर्नु भएको छ ।
अाज प्रेस युनियन नुवाकोटको साताै जिल्ला अधिवेशनकाे प्रमुख अतिथिका रुपमा बाेल्दै नेता केसीले पत्रकारहरु एक भएर भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा लाग्ने हाे भने समाजलाई परिवर्तन गर्न सकिने बताउनुभएको । उहाले जिल्लाका पत्रकारहरुले नुवाकोटको विकासका लागि एक भएको कलम चलान सुझाव दिनुभयो । अाफूले संसदमा पनि भ्रष्टाचार र सुशासनको पक्षमा बाेल्ने गरेको बताउँदै अहिले समाजकाे अावस्यकता यहि रहेकाे उल्लेख गर्नुभयो ।
नेता केसीले अाफू संसदमा निर्वाचित भए पछि विभिन्न दलका नेताहरुसँग भ्रष्टाचार ,सुशासन , राष्ट्रिय सुरक्षाका विषयमा सबै एक मत हुनुपर्ने कुरामा जाेड दिनुभयो । उहाले अाफू सबैलाई सहयाेग र सहकार्य गर्न तयार रहेकाे बताउँदै जाइलाग्नेलाई भने अाइलाग्ने चेतावनीसमेत दिनुभयाे ।
उहाले जिल्लाका सबै पत्रकारहरुले अाफूलाइ माया गरेकाे भन्दै दु:ख र समस्या परेको बेला सबैलाई सहयाेग गर्ने पनि प्रतिवद्दता जनाउनु भयाे । कांग्रेस केन्द्रीय सदस्य केसीले जिल्लाकाे विकासका लागि अाफूले धेरै काम गरेकाे स्मरण गराउँदै अबका दिनमा पनि जिल्लाकाे विकासका लागि लागि पर्ने बताउनु भयाे ।उहाले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पनि सुझाव दिनुभयो ।
प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति राजु थापा,महासमिति सदस्य डा.केदारनरसिंह केसी , नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव सुरेन्द्र अधिकारी , प्रेस युनियनका महासचिव दिलिप पाैडेल,प्रेस चाैतारी, प्रेस सेन्टरका नेताहरूले अधिवेशनकाे सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।