
काठमाडौं । एसईइ परीक्षाको नतिजा सर्वजनिक भएसँगै विद्यार्थी र तिनका अभिभावकका लागि मुख्य चासोका रुपमा रहने विषय हो, छोरीलाइ अब कुन विषय पढाउने । यस्तै छोराछोरीलाई पनि त्यस्तै प्रकारको चासो र चिन्ता हुनेगर्दछ, कुन विषय पढ्ने कुन कलेज पढ्ने र साथीहरु कहाँ पढ्छन् , आफूले पढ्ने कलेज अनुशासित छ कि छैन भन्ने यस्ता धेरै चिन्ताले सताएको हुन्छ । विद्यार्थीहरुका र अभिभावकहरुका यस्ता अनगिन्ती प्रश्नहरुको उत्तर धेरै कलेजले दिन सकिरहेका हुदैनन् ।
पछिल्लो समय शिक्षालाई पनि व्यापारिक रुपमा लिने गरिन थालेपछि आम विद्यार्थी र अभिभावकले यस्तो चासो हुनु स्वभाविक पनि हो । आम अभिभावक र विद्यार्थीहरुका यस्ता अनन्तिी प्रश्नहरुका उत्तरसहित आफूलाई एक अब्बल कलेजको रुपमा विकास गर्न सफल भएको छ बसुन्धरामा रहेको हेराल्ड इन्टरनेशलन कलेज । सुविधा सम्पन्न आफ्नै भवनमा खेलकुद मैदानसहित प्ले गु्रपदेखि स्नातकसम्म अध्ययन अध्यापन गराउँदै आएको उक्त कलेजमा पछिल्ला वर्षहरुमा विद्यार्थीको भार थेगिनसक्नु अवस्था छ ।

कलेजका निर्देश अशोकराज पाण्डे
कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालनमा भैरहेको कलेजले विद्यार्थीहरुको संख्या थपिने क्रमसँगै कलेजको भवन विस्तारलाई पनि प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ । शिक्षा क्षेत्रमा लामो अनुभव भएका नारायण पाण्डेले स्थापना गराउनु भएको कलेजमा पछिल्लो समय नयाँ टिमहरुको आगमनसँगै कलेजले आफूलाई अझ परिकृत गर्दै लगिरहेको निर्देशक अशोक पाण्डे नुवाकोट पुकार डटकमसँग बताउनुभयो । निर्देशक पाण्डेका अनुसार हेराल्ड कलेजले स्थापना कालदेखि नै योग्य, सक्षम, गरिब र जेहन्दार विद्यार्थीलाई अन्य कलेजलेभन्दा बढी छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । हेराल्ड इन्टरनेश्नल कलेजको व्यवस्थापकहरुको समूहमा निर्देशक अशोकराज पाण्डे, अध्यक्षमा कपिल ज्ञावली, एकेडेमिक को–अर्डिनेटर दिपेन्द्र पुँडासैनी र प्रिन्सिपल विनोद रेग्मी रहेका छन् ।
यस्तै कलेज सफलताको अर्को सुत्र हो, कलेजमा नियमित रुपमा हुने अतिरिक्त क्रियाकलाप,जसले विद्यार्थीको ध्यान तान्न सफल भएको छ । विद्यार्थीहरुको सर्वाङ्गिन विकासका लागि हेराल्ड इन्टरनेश्नल कलेजले आफ्नो स्थापना कालदेखि नै कक्षा शिक्षणका अतिरिक्त अन्य विभिन्न क्रियाकलापलाई उच्च प्राथमिकता दिँदै आएको छ । कलेजले वार्षिक रुपमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि साइन्स एक्जिविसन सञ्चालन गर्दै आइरहेको छ

कम्प्युटर कक्षामा हेराल्ड कलेजका विद्यर्थीहरु
उक्त एक्जिवेशनमा विद्यार्थीहरुले आफूले सिकेका सीप, क्षमता र विज्ञान प्रविधिका नयाँ–नयाँ प्रयोगहरुलाई प्रदर्शन गर्न पाउँछन् । त्यस्तै व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर हेराल्ड फूड फेस्टा आयोजना हुँदै आएको छ । उक्त कार्यक्रमबाट होटल म्यानेजमेट विषय अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेका विभिन्न किसिमका पाककलाका परिकारहरु तयारी गरेर प्रदर्शन गर्ने, आफ्नो क्षमता देखाउन अवसर प्राप्त गर्दछन् ।
साथै कलेजले साइन्स एक्जिविसन र हेराल्ड फूड फेस्टामा सहभागी भएर उत्कृष्ट हुने विद्यार्थीलाई उचित पुरस्कारको समेत व्यवस्था गरेको छ । जसले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकपालमा भाग लिन प्रोत्साहन गरेको छ । यस्तै कलेजले खलकुदलाई पनि प्राथमिकता दिएको कलेजका अध्यक्ष कपिल शर्माले बताउनुभयो । उहाका अनुसार कलेजमा विद्यार्थीको आकर्षण हुनुको अर्को कारण भने गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई कलेजले विशेष छात्रवृत्ति उपलब्ध गराउँदै आउनु पनि रहेको छ ।
आर्थिक अभावको कारण कसैले पनि शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बढीभन्दा बढी विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको अध्यक्ष शर्माले बताउनुभयो । आम अभिभावक र विद्यार्थीहरुको चासोलाई सहज रुपमा सम्बोधन गर्दै आएका कारण नै यस वर्षका लागि पनि झण्डै १५ सय विद्यार्थीले कक्षा ११ मा भर्ना गरिसकेको कलेज व्यवस्थापनले जनाएको छ ।
तस्बिर ः नुवाकोट पुकार डटकम