विदुर ।नेपाली कांग्रेस नुवाकोटका युवा नेता मछिन्द्रनरसिहं प्याकुरेलले नेपाली कांग्रेसबाट विधिवत रुपमा अलग भएको घाेषणाा गरेका छन् ।
अाज उनले अाफ्नाे सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै अाफुले राजीनामा दिएकाे एक वर्ष पछि क्षेत्रिय कार्यसमितले राजीनामा स्वीकृत गरेकाले अाफू विधिवत रुपमा अलग भएको उल्लेख गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्रिय समितिकाे अाजकाे बैठकले प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकाे नभइ छलफलमा राखिएको र उनलाई परामर्शमा बाेलाउने निर्णय भएको जनाएकाे छ। क्षेत्रिय सचिव नवराज पाण्डेले राजीनामा स्वीकृत नभएको जानकारी दिनुभयाे ।
उहाले छलफल गर्ने कुरा मात्रै भएको जानकारी दिनुभएको । कतिपय कांग्रेस नेता कार्यकर्ताले भने सस्तो लोकप्रियताका लागि पार्टी छाडेको हल्ला चलाएको भन्दै आलोचना समेत गरेका छन् । उनका समर्थकहरुले कांग्रेसको निर्णय नै नबुझी हल्ला मञ्चाएको र यसले झन कांग्रेस कमजोर बन्ने भन्दै क्षेत्रले गलत हल्ला फिजाएकोमा असहमति जनाएको छ ।
प्याकुरेल सामाजिक कार्य गर्दागर्दै राजनीतिमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसकाे १४ अाै महाधिवेशनमा केसी पक्षबाट क्षेत्र न. २ काे क्षेत्रीय सभापतिकाे उम्मेदवार बनेका थिए ।
उनले कांग्रेसका जगत लामासँग १७ मतले पराजित भएका थिए ।तर त्यतिबेला उनले सरकारी जागिर नछाड्नेकाे भन्दै कांग्रेसकाे अर्को पक्षले राजीनामा गर्न बाध्य गराउँदै स्वीकृत गराएकाे थियाे ।
जुन कुरा उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । क्षत्रिय सभापतिमा पराजित भए सँगै राजनीतिदेखि फस्टेेेसन भएको अभिव्यक्ति दिदै अाएका थिए ।
नेपाली कांग्रेसमा छाेटाे समयाा नै उदाएका प्याकुरेकाे साााजिक हैसियत राजनीति भन्दा मावि थियाे । तर कसैकाे प्रभाव र दवावमा राजनीतिाा उदाएका उनले छाेटाे समयमन नै नेपाली कांग्रेसबाट भने विदा लेखेकाे जनाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेकाे छन्,लाेकसेवा आयोग पढेर खायको जागिर त राजिनामा स्विकृत गरायर छोडियो,पेन्सनको लोभमा परिएन,
आफुले रगत पसिना वगायको पार्टि वडामा चुनाव हारेको नैतिकताको आधारमा दिएको राजिनामा १५ महिना पछि स्विकृत भयछ।
कुनै अपेक्षाको पछि लागि अाज सम्म हौसला ,स्नेह ,सद्भाव दर्शाउनुहुने अग्रज ,मान्यवर,मित्रजन प्रति साधुभाव ,नमन ।।
ओैपचारिक रुपमा विधिवत तवरवाट अलग भएको छु ।
गर्वका साथ समस्त काग्रेंसजनलाई धन्यवाद ,नेपाली काग्रेंस नुवाकोट एवं क्षेत्र नं २ कार्यसमितिलाई
तपाईहरुको आन्तरिक अभियानवाट तपाईहरुको पार्टि अझ सुदृढ वनोस् ,शुभकामना।
उनले कांग्रेस छाडेको विषयमा भने कांग्रेस नेताहरूले हतारमा गरिएको निर्णय भन्दै अालाेचना गरेका छन् ।तर धेरै नेता कार्यकर्ताले भने उनिजत्तिकाे युवालाई कांग्रेसमा राख्न नसक्नु दु : खद भएको प्रतिक्रिया दिएमा छन् ।
