अन्तिम घडीमा सम्मानको घोषणा, कार्यान्वयनअघि नै अस्ताए गोपालमान श्रेष्ठ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १२, मंगलवार २०:४८

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको छ। उनको निधनसँगै केही दिनअघि मात्र गरिएको उनलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा कार्यान्वयनमा आउन नपाउँदै अधुरै बनेको छ।


सभापति गगन थापाले गत साउन ७ गते आयोजित ४४औँ बीपी स्मृति तथा ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए।

विशेष महाधिवेशनमा आफुलाई सहयाेग गरेकाे गुन तिर्ने सभापतिकाे चाहाना पूरा नहुँदै श्रेष्ठले संसार छाड्नुभयाे।जीवनभर शेरबहादुरकाे साथ नछाडेका श्रेष्ठको अन्तिम अवस्थााकाे याे निर्णयले आफ्ना सच्चा मित्र देउवाकाे मन पक्कै खल्लाे भयाे हाेला,तर दुई नेताकाे सम्वादबिना नै श्रेष्ठ संसारबाट बिदा भए । श्रेष्ठको निधन भएको केही घण्टामा नै देउवाले आफ्न सच्चा मित्रकाे निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।


पेटको क्यान्सरका कारण उपचाररत श्रेष्ठलाई अस्पतालमै पुगेर भेटेका सभापति थापाले उनको लामो राजनीतिक योगदानको सम्मानस्वरूप वरिष्ठ नेता बनाउने बताएका थिए। तर उक्त प्रस्ताव केन्द्रीय समितिबाट औपचारिक रूपमा अनुमोदन हुन नपाउँदै श्रेष्ठको निधन भएको हो।


लामो समय नेपाली कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठको निधनप्रति कांग्रेसभित्र तथा राजनीतिक वृत्तमा शोक व्यक्त गरिएको छ।


श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा उनको राजनीतिक योगदानको सम्मानका रूपमा हेरिए पनि औपचारिक निर्णय कार्यान्वयनमा नआउँदै उनको निधन भएपछि उक्त घोषणा अधुरै बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *