
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बैठक बस्ने तयारी भएको बताइएको छ। पार्टी सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा पक्राउ परेको विषयदेखि अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो
। यद्यपि बैठकको एजेण्डा भने दिउँसो बस्ने संसदीय दलको कार्यसमितिले चयन गर्ने बताइएको छ । यस्तै संसदीय दल समिति गठनका विषयमा पनि कुरा उठ्ने बताइएको छ । कांग्रेस संदीयति दलमा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि कार्यसमिति भने चयन भएको छैन । सभापतिले तत्काल कार्यसमिति चयन गर्नुपर्ने आवाज पनि उ्ने नेताहरुले बताएका छन् । तर सभापति देउवाले आजै कार्यसमिति चयन गर्ने नगर्ने विषयमा नेताहरुले भने केही बताएका छैनन् ।