काठमाडौं । सकारले ल्याउन लागेको शिक्षा सम्बन्धि ऐनका विषयमा मुलुकभरका संस्थागत विद्यालयहरुले आपत्ति जनाएपछि सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ । अाज सरकारका प्रतिनिधिहरु सँग भएको छलफलमा सकारात्मक प्रतिक्रिया अाएपछि अान्दोलन स्थगित गरिएको प्याब्सन अध्यक्ष डिके ढुंगानाले जानकारी दिनुभयो । उहाले अाइतबारदेखि गर्ने विद्यालय बन्दकाे कार्यक्रम स्थगित भएको पनि जानकारी दिनुभयाे ।
अाज राजधानीमा अायाेजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा ऐन परिमार्जन गर्ने प्रतिवद्दता जनाउनु भएको थियाे ।
विद्यालय सञ्चालकहरुले भने संघीय शिक्षा ऐनका विषयमा सरकारले आफूहरुसँग छलफल नै नगरी ल्याएको भन्दै त्यसलाई सच्याउन माग गरेका थिए । उनीहरुले माग सुनुवाई नभए साउन २८ गतेबाट सम्पूर्ण संस्थागत विद्यालय बन्द गर्ने आन्दोलनको घोषणा गरेका थिए ।
उनीहरुले यति हुँदा पनि आफूहरुको माग सुनुवाई नभएको खण्डमा सरकारी कार्यालयमा लगेका सम्पूर्ण विद्यालयका सवारीसाधन पाकिड. गर्ने चेतावनी दिएका थिए ।