जनता समाजवादी पार्टी, नेपालको विधान २०८० कार्यान्वयनमा आउने भएको छ । पार्टीको गत असार १० देखि १२ गतेसम्म काठमाण्डौमा सम्पन्न विधान अधिवेशनबाट पारित विधान शुक्रबारदेखि लागू भएको छ । २०८० असार २५ गते पार्टी विधानलाई निर्वाचन आयोगद्वारा अभिलेखिकरण गरिएसँगै विधान क्रियाशिल भएको हो ।
यस अघिको अन्तरिम विधान खारेज भइसकेको हुँदा पार्टी सम्बन्धित सम्पूर्ण कार्यहरु यसै विधान अनुरुप हुने गरी कार्यहरु गर्न गराउन पार्टीले शुक्रबार मातहत समितिलाई निर्देशन जारी गरेको छ ।
पार्टीले विधान अधिवेशनबाट आफ्नो झण्डा र लोगो फेरेको छ । पार्टीको साङ्गठनिक संरचना संघीय प्रणाली अनुरुपका श्रृङ्खलाबद्ध समिति प्रणालीमा आधाारित हुने छन् ।
राष्ट्रिय महाधिवेशन ⁄विशेष महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय निकायहरु, प्रदेश अधिवेशन, प्रदेश समिति, प्रदेश कार्यकारिणी समिति र प्रादेशिक निकायहरु, पहिचानमा आधारित प्रादेशिक संरचना र स्थानीय समितिको व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
१ असार २०८२, आईतवार ११:३०
१० जेष्ठ २०८२, शुक्रबार ०८:३७