काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले आइतबार बालुवाटारमा बसेको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । उक्त मन्त्रालय जनमत पार्टीलाई सरकारमा सहभागी गराउन सो निर्णय गरेको हो ।जनमत पाटीले अनिता देवी यादवलाई मन्त्री बनाउने निर्णय गरिसकेकाे छ ।
उता हितबहादुर तामाङ मन्त्री भएको हल्ला हल्लामा नेै सिमित हुन पुगेको छ । तामाङलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्री बनाउने चर्चा थियाे ।तर प्रधानमन्त्री दाहालले सुदन किरातिलााइ फिर्ता बाेलाउने निर्णयबाट पछि हट्नु भएको छ । जसले तामाङ यसपालि पनि चर्चामा नै सिमित हुन पुग्नुभयाे ।