काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले अाज महत्त्वपूर्ण दुईवटा निर्णय गरेका छन् । अाज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सत्तारूढ दलहरुकाे बैठकले गाैर हत्या काण्डकाे छानबिन नगर्ने निर्णय गरेको छ।
उक्त घटनाका विषयमा चारवटा प्रतिवेदन समेत अाईसकेकाे र पीडितले १० लाख क्षतिपूर्ति समेत पाई सकेकाले छानविनकाे अावश्यकता नभएको निश्कर्श निकालेको एकीकत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
जनता समाजवादीले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसकाे विराेध गरेकाे थियाे ।यस्तै सुन प्रकरणमा पनि सिअाबीले छानवीन गरिएको हुँदा त्यसलाई असर पर्ने ढंगले उच्चस्तरीय छानविन समित बनाउन अावश्यक नभएको निश्कर्श निकालेको पाण्डेले जानकारी दिनुभयो । उता एमालेले भने समिति नबनेसम्म संसद चल्न नसक्ने बताउदै अाएकाे छ । उसले अाज पनि संसद अवरुद्ध गरेकाे थियाे ।
अाजकाे शीर्ष नेताहरुकाे बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ,माअाेवादीबाट प्रधानमन्त्री ,गृहमन्त्री , समाजवादीबाट माधव नेपाल, राजेन्द्रप्रसाद पाण्डे ,जनता समाजवादीबाट उपेन्द्र महताे सहितका नेताहरु सहभागी रहेकाे बताएको छ ।