काठमाडौं। आर्थिक वर्ष (२०७९/०८०) मा लक्षित कार्यक्रम अनुसार सडक निर्माणतर्फ ‘सडक डिभिजन नुवाकोट’ले “उत्कृष्ट भौतिक प्रगति गर्न सफल” भएको छ। उक्त कार्य गरेबापत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबाट प्रशंसापत्र सहित सम्मानित भएकाे छ ।
कार्यलयले उत्कृष्ट कार्य गरेवापत सडक डिभिजन कार्यलयका प्रमुख अमृतमणि रिमाललाई हिजाे बुधबार राजधानीमा भएको एक कार्यक्रमका बिच भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रशंसापत्र प्रदान गर्नु भएको थियाे ।
कार्यालय प्रमुख रिमालका अनुसार गत अार्थिक वर्षमा जिल्लामा ४९ वटा सडककाे टेण्डर भएको थियाे ।जसमध्ये ३४ वटाले काम सम्पन्न गरेका छन् ।उक्त रकम भने चालू पुँजीगत रहेकाे थियाे ।कार्यालयले पुँजीगत रकमकाे सबै काम गरेकाे छ ।
बाँकी रहेका १५ वटाकाे भने काम सम्पन्न हुन सकेन । उक्त याेजना सडक बोर्ड अन्तर्रगत भएको र उक्त याेजनाहरु कालाेपत्रे अन्तर्गत रहेकाे र निकासा ढिला अाएकाे,कालाेपत्रेका लागि चाहिने अावश्यक उपकरणकाे समस्या कारण काममा ढिलाई भएको रिमाले जानकारी दिनुभयाे ।
काम सम्पन्न भएका याेजनामा बेत्रावती-धुन्चे ,गल्छी-त्रिशूली लगायतका ठुला राजमार्ग समेत रहेका छन् ।कार्यालयले यश अार्थिक वर्षका लागि संघीय र प्रदेश सरकाबाट विनियोजित बजेट अन्तर्गतका याेजनाकाे पनि टेन्डर गरिसकेकाे छ ।यस्तै अन्य दुई ठुला आयोजनाहरु पासाड.लहामु राजमार्ग अन्र्तरगत बालाजु रानीपौवा र गल्छी, त्रिशुली मैलुक सडक खण्डका लागि संघीय सरकारबाट वियियोजित रकम क्रमश ः ५० करोड र ५१ करोडको भने टेण्डर हुन बाँकी छ ।

विभागले अायाेजना गरेकाे कार्यक्रममा प्रंशसापत्र ग्रहण गर्दै डिभिजन सडक कार्यालयका प्रमुख अमृतमणि रिमाल ,तस्बिर : सामाजिक सञ्जाल ।
बाँकी रहेका १५ वटाकाे भने काम सम्पन्न हुन सकेन । उक्त याेजना सडक बोर्ड अन्तर्रगत भएको र उक्त याेजनाहरु कालाेपत्रे अन्तर्गत रहेकाे र निकासा ढिला अाएकाे,कालाेपत्रेका लागि चाहिने अावश्यक उपकरणकाे समस्या कारण काममा ढिलाई भएको रिमाले जानकारी दिनुभयाे ।