
काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक कार्यक्रमलाई सरलीकरण गर्नका लागि विभिन्न मापदण्ड तय गरेको छ । एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिसकेको पार्टीका उपमाहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।
यस विषयमा पार्टी अध्यक्ष केप ीओलीले हिजा राजधानीमा भएको एक कार्यक्रममा समेत जानकारी गराउनु भएको थियो । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ ।
यस्तै कार्यक्रममा ब्याच, माला र खाँदाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय गरिएको छ । यस्तै पार्टीका कार्यक्रममा अध्यक्षको मात्रै तस्बिर राख्ने पार्टीको निर्णय विरुद्ध दोस्रो तहका नेताहरुले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरेको भएपनि आन्तरिक भेटघाटमा भने असन्तुष्टि जनाउने गरेको एमालेका एक नेताले नुवाकोट पुकारलाई बताए । पार्टीका उक्त निर्णयले अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाएको