
साेले बजारकाे कृष्णदाइ किराना पसललाइ व्यवसायिक प्रमाणपत्र प्रदान गर्दै मेयर राजन श्रेष्ठ तस्बिर : सुरज सिलवाल ,विदुर
विदुर नुवाकोट जिल्ला सदरमुकाम विदुरसहित पहिलाे नगरपालिका विदुर नगरपालिकाले “छ व्यवसाय जहाँ ,दर्ता हुन्छ त्यहाँ कार्यक्रम सुरु गरेकाे छ ।
नगरपालिकाले ल्याएको ब्यबसाय दर्ता कार्यक्रम पहिलो चरण अनुसार बजार अनुगमन, व्यबसाय सुचिकृत र व्यबसाय दर्ता कार्यक्रम अाजबाट अाैपचारिक रुपमा सुरु भएको छ ।
अाज मेयर राजन श्रेष्ठले विदुर ७ सोले बजारबाट अभियानकाे थालनी गर्नु भएको हाे ।नगरपालिकाले व्यवसायीहरुलाई कर तिराै व्यवसायलाई व्यवस्थित र वैधानिक बनाउँ भन्ने नारा अघि सारेकाे छ ।
अाज एक कार्यक्रमकाबिच मेयर श्रेष्ठले साेले बजारकाे कृष्ण दाइ किराना पसलकी कल्पना माेक्तानलाई व्यवसायकाे प्रमाणपत्र प्रदान गरेर शुभारम्भ गर्नुभएको थियाे ।साे अवसरमा मेयर श्रेष्ठले अाफ्नाे व्यवसायलाई वैधानिक रुपले सञ्चाललन गर्न अाग्रह गर्नुभएको थियाे । नगरपालिकाे याे अभियान नगरका १३ वटै वडामा गरिने जनाएको छ।
अाम व्यवसायिलाई अाफ्नाे व्यवसायप्रति जिम्मेवार बनाउने र नगरपालिकाले व्यवसायीक कर संकलन गर्ने लक्ष्य रहेकाे जनाईएकाे छ ।
साथै नगरपालिकाले नगरभित्र व्यवसायीकाे वास्तविक तथ्यांक राख्ने लक्ष पनि लिएकाे छ । विदुर नगरभित्र साना ठूलागरि तीन हजार व्यवसायी रहेकाे अनुमान गरिएकाे छ । यसअघि बेलकाेटगढी नगरपालिकाले पनि साे अभियान सुरु गरेकाे थियाे।

साेले बजारमा व्यवसायी प्रमाणपत्रमा हस्ताक्षर गर्दै मेयर राजन श्रेष्ठ ,तस्बिर : सुरज सिलवाल ,विदुर