
तस्बिर, जिप्रका रसुवा
रसुवा । त्रिभुवन विमानस्थलबाट ६० किलो सुन बाहिरिएको विषयमा छानविन भेरहेका बेला फेरि चीनसँग जोडिएको उत्तरी नाकाबाट दुई किलो सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवा जिल्ला प्रहरी कार्यालयको टोलीले २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी ५ बस्ने २१ वर्षे सुदिप शेर्पा र सोहि जिल्ला वडा नम्बर १ का ३० बर्षे फुर्साङवु शेर्पालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।हिजो वेलुका ६ बजेतिर पासाङ ल्हामु राजमार्ग स्याफ्रुबेशिबाट नियमित चेकचाजको क्रममा उनीहरुबाट २ किलो सुन सहित नियन्त्रणमा लिएको बताइएको छ ।वरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्त्रान विभागमा पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय केरmड.नकाबाट सुन तस्करी कम भएको भनिएपनि फेरि तस्करहरुले उक्त नाका प्रयोग गर्न थालेको देखिन्छ