धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका १, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनाको विस्तृत विवरण अनुसार अाठ जनाकाे मृत्युु भएको छ भने १७ जना घाइते भएकाे प्रारम्भिक विवरण अाएकाे छ। उद्वारका लागि प्रहरी,सशस्त्र र स्थानीयहरु पनि सक्रिय रहेका छन् । पानी परिरहेकाे र बसकाे ब्रेक फेल भएकोले दुर्घटनामा भएको अनुमान गरिएछ । पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको थियाे ।

दुर्घटनामा घाइते भएकाहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय गजुरीका वरिष्ठ प्रहरी हवल्दार सूरवीर बुमीले जानकारी दिए ।

। नदीमा पानीको बहाव बढेकाले सहज रुपमा उद्धार गर्न कठिनाइ भइरहेको उद्धारकर्मीहरुले जनाएका छन्
तस्बिर सन्दिप घिमिरे ,धादिङ