
भक्तपुरमा पूर्व प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिचथिका रुपमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली तस्बिर ः नुवाकोट पुकारडटकम
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनले केपी शर्मा ओलीलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ नराखेको बताएका छन् । आज भक्तपुरमा पूर्व प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूले सत्तामा रहँदा हरेक पटक कानुनको अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको भन्दै आफूलाई कसैले कुनै पनि ढंगले हत्कडी लगाउन नसक्ने बताउनुभयो । उहाले सत्ताधारी दलहरु माकुराको जालो बनेर हात्ती छिराउन खोजिरहेको भन्दै त्यो केपी ओलीका लागि सम्भावना नभएको बताउनुभयो ।
उहाले आफूलाई पहिला पनि जालझेलमा पारेर १० वर्ष जेल हालिएको र त्यसमा पनि ४ वर्ष त्यतिकै राखेको स्मरण गराउँदै अहिले पनि आफ्ना विरोधीहरु रहेको भन्दै सकैले त्यसो गर्न खोजको भए आफूलाई केही भन्नु नभएको भन्दै उहाले कानुनले हत्कडी लगाउने ठाउँ केपी ओलीले नराखेको दावी गर्नुभयो ।
नेपाल प्रहरीका एक पूर्व अधिकारीले आफ्ना विरुद्ध बोलिरहेको प्रति अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा काम गरेर भ्रष्टाचार गदैन भन्ने जान्दा जान्दै कसका लागि झुटा बोलिरहेको छ भन्दै कटाक्ष व्यक्त गर्नुभयो । उच्चस्तरीय आयोग गठन एक महिनापछि काम थाल्ने कुरा भएकोप्रति उहाले सरकार एक महिना अगाडि बनाउन डराएको बताउनुभयो । संसद पनि चलाउने र भ्रष्टाचार पनि गरिरहन खोजेको भन्दै सत्तापक्षसँग आक्रोशित हुनु भएका ओलीले सत्ता पक्षका कारण नै संसद अवरुद्ध भएको दावी गर्नुभयो ।
सुन प्रकरणमा ट्याक्सी डइभरलाई जानकारी हुँदा हुँदै पनि उनीहरुलाई कागज गराएका छाडेको भन्दै भन्दै उहाले व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले एक सय केजी सुन समातिएको सुन जोख्ने बेलामा ६१ किलो भएको भन्दै त्यसप्रति पनि शंका व्यक्त गर्नुभयो । उहाले गिरिबन्धु टि स्टेट आफ्नो नभई गिरिबन्धुको भएको भन्दै उहाले कानुन बनाएर मात्रै काम गर्नका लागि आफूले कानुन बनाइदिएको दावी गर्नुभयो । उहाले यस्तै झुटा कुरालाई आधार नमान्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाले जनतालाई सुशी नेपाली समृद्ध नेपालको महान उदेश्य बोकेर हिडेको नेतृत्वप्रति अविश्वास नगर्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो