जिल्ला प्रहरी कार्यलयमा प्रजिअ पाैडेललाई गर्दै प्रहरी प्रमुख रमेश पण्डित ,तस्बिर ,जिप्रका नुवाकोट
विदुर। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले जिल्लाकाे सुरक्षा निकायलाई शान्ति सुरक्षामा कुनै निर्शेशन दिनुभएको छ ।
अाज जिल्ला अधिकारीबाट निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । अाज बिहान जिल्लाका प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निरीक्षण तथा निर्देशन सम्बोधनको सिलसिलामा शाखा एवम् हिरासत कक्षको निरीक्षण अनुगमन गर्नु भएको थियो ।
साे अवसरमा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जिल्लाको संक्षिप्त बस्तुस्थिती सम्बन्धि प्रस्तुतिकरण गर्नु भएको थियो । भने अन्त्यमा प्रमुख जिल्ला अधिकारी ज्यूले आन्तरिक शान्ति सुव्यवस्था, अपराध रोकथाम र प्रभावकारी अनुसन्धान एवं हालको शान्ति सुरक्षाको अवस्थाबारे अमूल्य सल्लाह, सुझाव र निर्देशन दिनु भएको थियो कार्यलयले जारी गरेकाे विज्ञप्ति जनाईकाे छ ।पाैडेल केही दिन अघि मात्र नुवाकोट सरुवा भएको हाे ।