काठमाडौं । सत्तारुढ दल माओवादीले पाउने भनिएकाे विषयगत समितका लागि नाम तय गरेको छ ।माअाेवादी पदाधिकारी बैठकले दुई वटा विषयगत समितिमा माधव सापकोटा र विमला सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।
सत्तारुढ र प्रतिपक्षीबीच भएको भागबन्डापछि माओवादीले सापकोटालाई पूर्वाधार विकास समिति र सुवेदीलाई मानव अधिकार समितिको सभापतिको लागि उम्मेदवार बनाउने भएको हो ।पासकाेटा सिन्धुपाल्चाकबाट निर्वाचित सांसद हुन भने सुवेदी नुवाकोटबाट समानुपातिक सांसद हुन
संसदीय समितिका सभापतिका लागि आज दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन गरेपछि भोलि निर्वाचन हुँदैछ ।यश अघि कांग्रेसले पनि अाफ्ना उम्मेदवार तय गरिसकेकाे छ । एमालेले पनि उम्मेदवार तयारी गर्दै छ ।