
त्रिशुली अस्पताल विका समितिका अध्यक्ष राजु पण्डितलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
विदुर । नेपाल रेडक्रस सोसाइटीको ६१ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले एक कार्यक्रम गरि रेडक्रस दिवस मनाएको छ । रेडक्रस दिवसका अवसरमा नुवाकोट जिल्ला शाखाबाट संचालित रक्त संचार सेवा केन्द्रको दिगो संचालन तथा ब्यबस्थापन सहित निः शुल्क रगत उपलब्ध गराउनका लागि रु एक करोडको कोष स्थापनार्थ सहयोग संकलन अभियान शुभारम्भ गरिएको छ ।

एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले औपाचारीक रुपमा ब्यानर पढी र पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै एक करोडको संकलनका लागि तयार पारिएको योजनाका बारेमा अध्यक्ष हरि श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
यस्तै कार्यक्रमा जिल्ला त्रीशुली अस्पतालको लागि अक्सिजन कन्सन्टेटर, भेन्टिलेटर , कम्मल , मास्क लगायतको स्वास्थ सामाग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले त्रिशुली अस्पताल विका समितिका अध्यक्ष राजु पण्डितलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । नेपाल रेडक्रसले हरेक वर्ष आजकै दिन अर्थात सेप्टेम्बर ५ लाई रेडक्रस दिवसका रुपमा मनाउँदै आएको छ
सो अवसरमा नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव तथा अधिवक्ता सुरेन्द्रराज अधिकारी, सामाजिक अभियान्ता ,नेपाली कांग्रेसका नेता नरसिंह प्याकुरेलनागरिक समाजका अध्यक्ष बद्री त्रिपाठी लगायतका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो । ६१ औ जुनियर युवा रेडक्रसको पावन अवसरमा श्री कामरुदेवी जुनियर युवा रेडक्रसको आयोजनामा अतिरिक्त क्रियाकलापमा सहभागि भएका थिए ।

श्री कामरुदेवी जुनियर युवा रेडक्रसको आयोजनामा अतिरिक्त क्रियाकलापमा सहभागि विद्यार्थीहरु