
। सम्भव नेपालद्धारा प्राप्त विद्यालय पोशाकसहित जुत्ता लगायतका सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै लिुख गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, तस्बिर ः सम्भव नेपाल
विदुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब ,जेहेन्दार,अपांगता तथा अनाथ बालबालिकालाई सम्भव नेपाल नामक गैरसरकारी संस्थाले विद्यालय पोशाक सहयोग गरेको छ । गत सोमबार लिखु गाउँपालिकास्थित अमिलेबोटमा आयोजित एक कार्यक्रममा संस्थाले १४ विद्यालयका ६५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गरेका थियो ।
उक्त संस्थाले विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित जुत्ता सहयोग गरेको थियो । उक्त संस्थताको तर्फबाट प्राप्त भएका सामाग्रीलाई लिुख गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले विद्यार्थीहरुलाइ हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष श्रेष्ठले आर्थिक अभाव खेपिरहेका विद्यार्थीका अभिभावकलाई केही राहत मिलेको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेतीले सम्भव नेपालले प्रशंसनियक कार्य गरेको भन्दै गरिब र जेहेन्दार विद्यार्थीहरुलाई ठूलो सहयोग मिलेको बताउनुभयो ।
उहाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आर्थिक रुपमा कमजोर रहने गरेको भन्दै यस्ता सहयोगले सामुदायिक विद्यालय सुधारमा समेत बल मिल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सम्भव नेपालका अध्यक्ष कपिल देवकोटाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पहिलो चरणमा विद्यालय पोशाक र जुत्ता सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनु भएको थियो ।

विद्यालय पोशाकका लागि सहभागि विद्यार्थीहरु
कार्यक्रममा लिुख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकुमार शाह,योजना प्रमुख रामचन्द्र लामिछाने,खेलकुद शाखा प्रमुख राधुराम फुयाँल,श्वास्थ्य शाखा प्रमुख भिम रोक्का, सम्भव नेपालका उपाध्यक्ष विष्णुप्रसाद धमला, केएफसीका पारसमणि खनाल लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय पोशाक पाएसँगै विद्यार्थीहरुे खुशी भएको र सँधै विद्यालय आउने बताएको संस्थाका अध्यक्ष देवकोटाले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । उक्त संस्थाले यसअघि अन्य जिल्लामा पनि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएका अध्यक्ष देवकोटाले बताउनुभयो