काठमाडौं ।नेपाली कांग्रेस नेता तथा तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा आज नेपाल तरुण दलले राजधानीमा विराेध प्रदर्शन गरेकाे छ ।
तरुण दलका नेता कार्यकर्ताहरु रत्नपार्कमा जम्मा भएर भद्रकाली ,शहिदगेट ,नयाँ सडकहुँदै पुन रत्नपार्क शान्ति बाटिकामा आएर काेणसभाकाे आयाेजना गरेका थिए ।काेणसभामा तरुण नेताहरुले राजधानीमा दिनदहाडै नेताहरुमाथि खुकुरी प्रहार भएको घटनालाइ लिएर मुलुककाे शान्ति सुरक्षा कायम गर्ने नसकेको भन्दै गृहमन्त्रीको राजीननाामा समेत मागेका थिए ।
काेणसभालाइ तरुण दल अध्यक्ष लगायतका नेताहरुले सम्बाेधन गरेका थिए ।केही दिनअघि राजधानीकाे रिपोर्टस क्लबमा भएको एक कार्यक्रममा भाग लिएर बाहिरिदै गर्दा नुवाकोटका श्याबाबु सापकाेटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएका यादवलाई वीर अस्पतालमा उपचार भैरहेको छ ।खुकुरी प्रहार गर्ने सापकोटालाई भने थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको प्रहरीले जनाएको छ ।
उता संसदमा पनि उक्त घटनालाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलहरुले गृहमन्त्रीको नारायणकाजी श्रेष्ठको आलाेचना गर्दैन शान्ति सुरक्षा कायम गर्न नसकेकाे भन्दै राजीनामा माग गरेका छन् ।आज संसदमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले खुकुरी हानेर कमजोर बनाउन नसक्ने चेतावनी दिएका छन् ।उनले कांग्रेस पहाड भएको भन्दै पहाडसँग टाउकाे जुधाउनेहरुले कहिल्यै पहाड फुटाउन नसक्ने चेतावनी दिनुभयो ।