विदुर ।बिदुर नगरपालिका वडा न ५ को सहरी स्वास्थ केन्द्र र देबिघाटजेष्ठ नागरिक प्रतिस्ठानमा स्वास्थ सामाग्री वितरण गरिएको छ ।
नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीकाे प्रमुख उपस्थितिमा यसाेदादेवी भगवाननरसिंह केसी मेमोरियल ट्रष्टकाे सक्रियतामा स्वास्थ्य सामाग्री वितरण गरिएको थियाे ।
साे अवसरमा बिदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ बिदुर ५ वडा अध्यक्ष लिलानाथ नेउपाने, बिदुर ३ समाजसेवी बाबुराजा रिमाल जेष्ठ नागरिक प्रतिस्ठानका अध्यक्ष बिष्णु नेपाल जनप्रतिनिधि स्वास्थकर्मी र स्थानिय समाजसेवी सरोकारवाला हरुको रोहबरमा हस्तानतरण गरियो ।विभिन्न दाताहरुबाट प्राप्त सहयाेगमा स्वास्थ्य सामाग्री सहयाेग गरिएको बताइएकाे छ ।
