
पशुपति आर्यघाटमा अन्त्मि श्रद्धाञ्जलीका स्वर्गीय नेम्वाड.लाई राखिएको दशदाह स्थल , तस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौं । हृदयघातबाट निधन हुनुभएका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि भैरहेको छ ।बालुवाटारस्थित निजी निवासबाट उनको पार्थिव शरीर राजकीय सम्मानका साथ शव यात्रा गरी बिहान पशुपति आर्यघाट पुर्याइएको थियो ।
उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो । शबयात्रामा नेकपा एमालेका नेता कार्यकर्तासहित विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, कुटनैतिक नियोगका अधिकारीहरुसहित सयौं सर्वसाधारण समेत सहभागि भएका थिए ।यस्तै पशुपतिमा फुलमालाले सिंगारिएको शबदाहमा उनको शब राखिएको. थियो भने नेपाल प्रहरीले शोकधुनकासाथ शलामी अर्पण गरेर सम्मान गरिएको थियो ।
पशुपति आर्यघाटमा प्रधामन्त्री पुष्पकमल दाहालले राष्ट्यि झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । यस्तै एमाले अध्यक्षले पार्टीको झण्डा ओढाउनु भएको थियो । पशुपतिमा सयौं मानिसहरु नेम्वाड.प्रति अन्त्मि श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए । उहाका पारिवारिक श्रद्धाञ्जली तथा छोराहरुले दागबत्ती दिएका थिए ।
७१ वर्षीय नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर र हिजो बुधबार दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको थियो । त्यसपछि हिजो बुधबार दिउँसो बालुवाटारस्थित घरमा लगेर किरात संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।नेम्वाङको निधनमा सरकारले आज सार्वजानिक विदा दिएको छ । सरकारले देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ ।
विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मिएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेम्वाड. नेपाली राजनीतिका एक शालि र भद्र नेताका रुपमा परिचित छन् । उनको अध्यक्षतामा रहेका संविधानसभाले नै नेपालको संविधान २०७२ जारी गरेको थियो । नेपाली जनताले एक पटक आफ्नो मतद्धारा संविधान जारी गरेको भन्दै संविधानमा नै संविधानसभा अध्यक्ष तथा सदस्यहरुलाई भुतपूर्व हुनुपरेको थिएन । जसका कारण उनी संविधानसभाको अध्यक्षको रुपमा राष्ट्यि सम्मानसँगै संसारबाट बिदा भएका छन् ।