काठमाडौँ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार नुवाकोट जिल्लाका दुई पालिकाका लागि निवेदन माग गरेकाे छ ।
आज आयाेगले गाेरखापत्र दैनिकमा सूचना प्रकाशित गरि निवेदन माग गरेकाे छ। आयाेगले जारी गरेकाे सूचना अनुसार नुवाकोट जिल्लामा दुप्चेश्वर र किस्पाङ गाउँ पालिकाका लागि निवेदन माग गरिएकाे छ । यसअघि भूमि आयाेगले, शिवपुरी ,तादी,किस्पाङ बेलकाेटगढी नगरपालिसँग लगत सम्झौता गर्ने सहमति गरेकाे थियाे । नुवाकोट जिल्लामा अव्यवस्थित बसाेबास गर्नहरुकाे संख्या हजारौं रहेकाे अनुमान गरिएकाे छ ।आयोगले ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
आयोगले विभिन्न प्रदेशका विभिन्न जिल्ला र स्थानीय तह तोकेरै ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलनमार्फत पेस गर्न सूचना प्रकाशित गरेको हो ।
आयाेगले जारी गरेकाे सूचना अनुसार बागमती प्रदेश अन्तर्रगत दाेलखाकाे मैलुङ,शैलुङ,वेतेश्वर,र कालिन्चाेक गाउँ पालिकाका लागि आवेदन माग गरेकाे छ । यस्तै रामेछाप जिल्लामा मन्थली ,दाेरम्बा,शैलुङ,लिखु तामाकाेशी,सुनापति र रामेछाप गाउँ पालिकाका लागि निवेदन माग गरेकाे छ ।
यस्तै धादिङको नीलकण्ठ धुनिवेशी,थाक्रे,गल्छी,गजुरी,बेनिघाट,राेराङ,शिद्वलेक,ज्वालामुखि,त्रिपुरासुन्दरी,गंगाजमुना,रुविभ्यालि,खनियाबास,नेत्रावती डवजाेङ गाउपालिका रहेका छन् ।
रसुवाको आमाछाेदिङ्मा,र कालिका,सिन्धुलिकाे मरिण,दुधाैली,नीनपाटन,घ्याङ्लेक र कमलामाइ गाउँ पालिका छन् ।काभ्रेकाे भुल्लु र काठमाडौंकाे बुढानिलकण्ठ ,चन्द्रागिरि,दक्षिणकाली,नागार्जुन र कीर्तिपुर नगरपालिका रहेका छन् ।
आयोगले कोशी प्रदेशका सोलुखुम्बु, मोरङ, झापा, इलाम, सुनसरी, सङ्खुवासभा र उदयपुर तथा मधेश प्रदेशका सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, पर्सा र बाराका विभिन्न स्थानीय तह तोकेरै निवेदन माग गरेको हो ।
गण्डकी प्रदेशका बागलुङ, तनहुँ र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र बर्दिया, कर्णाली प्रदेशका दैलेख र डोल्पा तथा सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, कैलाली, अछाम, दार्चुला, डडेलधुरा कैलाली, बैतडी र डोटीका विभिन्न स्थानीय तहमा पनि निवेदन माग गरिएको छ ।