
विदुर । नुवाकोट जिल्लाको सदरमुकाम विदुरसहित नगरपालिकाको त्रिशूली बजारसहितका क्षेत्रको ढल व्यवस्थापनका लागि काम सु भएको छ ।आज एक कार्यक्रमका बिच विदुर नगरपालिका मेयर राजन श्रेष्ठले ढल व्यवस्थापनको शिलान्यास गर्नुभएको छ । त्रिशूली बजार ढल व्यवस्थापन तथा प्रशोधन केन्द्रका सञ्चाालित उक्त आयोजनाको लागत ६२ करोड ३४ लाख ६२ हजार १ सय ५१ रुपैयाँ ६० पैसा रहेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवनकोले कार्यान्वयन गर्ने उक्त आयोजनाको कार्य सञ्चालन मिति असोज ८ गते र सम्पन्न मिति २०८२ पुस १ गते रहेको छ । जसको ठेक्काको जिम्मेवारी गौरी पार्वती गुलीभर जे.भी. काठमाडौंले पाएको छ । उक्त आयोजनाबाट विदुर नगरपालिका भित्रको वडा नं १,२ र ४, ८ र ९का बासिन्दाले राहत पाउने छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर श्रेष्ठले ढल निर्माण सगै नगरपालिकालाई व्यवस्थित गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्षहरुले पनि ढल व्यवस्थापनको कार्य सम्पन्न भएसँगै जिल्ला सदरमुकामा नागरिकलाई ठूलो राहत हुने बताएका थिए । नेपाली कांग्रेसका नेता सुरेन्द्र अधिकारी सहित, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका अतिथिहरुले तोकिएको समयमा योजना पूरा गरेर ढल व्यवस्थापनलाई सहज बनाउन सुझाव दिनुभएको थियो । सदरकुमा विद ुरदेखि त्रिशुली। कोलनी। कट्टार लगायतका क्षेत्रहरुमा ढलको व्यवस्था हुन सकेको थिएन । जसका कारण सदरमुकाम क्षेत्रको वस्ती समेत अव्यवस्थित हुँदै आएको थियो ।