
संविधान दिवसका अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिकाकी उपमेयर प्रभा वोगटी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितका अतिथि सहभागिहरु , तस्बिर, जिल्ला प्रहरी कार्यालय नुवाकोट
विदुर । संविधान दिवस अर्थात राष्ट्रिय दिवस २०८० को अवसरमा नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा नगरपालिका वडा नं ०४ बट्टार बजारदेखी जिल्ला समन्वय समितिको कार्यालय बिदुरसम्म प्रभातफेरी कार्यक्रम संचालन गरीएको थियो । प्रभातफेरिपछि समन्वय समितिको सभाहलमा संविधान दिवस २०८० को शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष रजिन्द्र बिक्रम सिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा तथा बिदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ,जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश पण्डित,नेपाली कांग्रेसका उपसभापति राजु थापा लगायत राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि,सुरक्षा निकायका प्रमुख , सुरक्षाकर्मीहरु, पत्रकार नेपाल सितोरियो कराँते संघ शाखा नुवाकोटका अध्यक्ष तथा खेलाडीहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिताका कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागहरुले मुलुकमा लोकतान्त्रिक गणतस्त्र स्थापनासँगै नेपाली जनता सार्वभौम भएको स्मरण गराएका थिए ।

यसअघि हिजो जिल्लाका सरकारी कार्यालयमा दिपावली गरिएको थियो । जिल्ला प्रशासन कार्यालय परिसर र भवनलाई झिलिमिली बत्तिले सजाइएको थियो । यस्तै गाउँपालिकाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएका छन् । तादी गाउँपालिकाले कार्यलय सरसफाइ गर्दै संविधान दिवस मनाएको छ भने शिवपुरी, लिखु, सुर्यगढी,बेलकोटगढी लगायतका पालिकाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएका छन् ।


