
क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्धारा हस्ताक्षरित अनुरोध पत्र बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले न्युयोर्क पुगेर बुधबार प्रधानमन्त्रीलाई बुझाउँदै, तस्बिर, डा.जनकराज ढुंगाना
अमेरिका । गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापनाको लागि सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले एक अनुरोध पत्र बुझाउदै यथाशक्य शीघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरेको हो ।
क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्धारा हस्ताक्षरित अनुरोध पत्र बोर्ड अफ डाइरेक्टर डा.जनकराज ढुंगानाले न्युयोर्क पुगेर बुधबार प्रधानमन्त्रीलाई बुझाएको डा.ढुंगानाले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीलाई बुझाइएको अनुरोध पत्रमा क्यालिफोर्निया राज्यमा करिब एक लाख नेपालीहरुको बसोवास भएको र अत्यावश्यक कामको लागि नेपालीहरुलाई कठिनाई भएको स्मरण गराउँदै शीघ्र कन्सुलर कार्यालय स्थापनाका लागि प्रधानमन्त्रीलाई लिखित रुपमा नै अनुरोध गरिएको छ । डा. ढुंगानाका अनुसार अनुरोधपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा आफूले क्याबिनेटमा प्रस्तावको रूपमा राख्ने प्रतिवद्धता जनाउनु भएको छ