काठमाडौंमा ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, सानेपामा बसेकाे छ ।बैठकमा नेताहरुले पछिल्ला राजनीति घटनाक्रमका विषयमा आ आफ्नो धारणा राख्नुभएको बताइएको छ ।
असोज ४ गतेदेखि जारी रहेको आजको बैठकमा ३१ जना केन्द्रीय सदस्यहरु— अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला (पौडेल), राजीव ढुंगाना, राजेन्द्रकुमार के.सी., विनोदकुमार चौधरी, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले आ–आफ्नो धारणा राख्नु भएको थियो । मुख्य सचिव कृष्णप्रसाद पाैडेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यसमितिको बैठक भोलि असोज ८ गते सोमबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने बताइएको छ ।