
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु मिसन ८४मा लागेको भन्दै त्यसेबलाको निर्वाचनबाट एकल बहुमत ल्याएर देखाउने दावी गर्नुभएको छ । आज नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । उहाले एमाले मरेको बिरालो जस्तो भएर होइन जिउँदो बाघ भएर अघि बढ्ने दावी गर्नुभयो । पूर्व प्रधानमन्त्री ओलीले आफ्नो देशको स्वाधिनता एकता, सार्वभौकतालाई अघि बढाउने नेकपा एमाले मात्रै भएको दावी गर्नुभयो । उहाले राष्ट्यि स्वाभिमानको झण्डा तल झन नदिने पनि बताउनुभयो । उहाले आफूलाई देशलाई केही दिन्छु भन्ने भावनाकासाथ सानातिना मनमुटावलाई छाडेर लाग्न पनि निर्देशन दिनुभयो ।

उहाले एमालेले बागमती प्रदेशमा उम्मेदवार नै तयार नभएको भन्दै पत्रपत्रिका र सामाजिक सञ्जालबाट भ्रम सिर्जना फैलाउने काम भएको भन्दै त्यसप्रति समेत रहन पनि आग्रह गर्नुभयो । उहाले नेतृत्व लिएका साथीहरुले अर्कोलाई नेतृत्व छाड्न तयार रहनु पर्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले दुई तिहाई अवस्थामा पुर्याएको कम्युनिष्ट बामपन्थी सरकारलाई कम्युनिष्टहरुले नै असफल बनाएको एमालेका विरुद्ध लागेका आरोप पनि लगाउनुभयो ।

विभिन्न कालखण्डमा भएको सुन तस्करी तथा भ्रष्टाचारका विषयमा छानविन गराएरै छाड्ने दावी समेत गर्नुभएको छ सरकारले भ्रष्टाचारको छानविन गर्न भन्दा आयोग गठनका लागि मात्रै गठन गर्न खोजेको आरोप पनि लगाउनुभयो । उहाले भन्नुभयो, सरकार आयोग आवश्यक उेन कानुन निर्माणका लागि सुझाव दिन मात्रै आयोग बनाउन खोजिरहेको छ, कारबाही नगर्ने र अनुसन्धान नगर्ने हो भने किन आयोग चाहियो ।

उहाले देशको राष्ट्यिता मास्न वर्तमान सरकार उद्धत भएको भन्दै त्यसको प्रतिवाद गर्नुभयो । उहाले नेपाली नागरिकका पहिचान मेटिनेगरि नागरिकतादेखि अन्य परिचयपत्र बनाउँदा टोपी खोल्नुपर्ने, महिला दिदीबहिनीहरुले आफ्नो सिन्दुर पखाल्नु पर्ने काम गराइँदैछ यो कस्तो राष्ट्यिता हो । महिला दिदीबहिनीहरुले अफ्नो श्रीमान देहवसान हुँदा मात्रै सिन्दुर पुछ्ने गरेको स्मरण गराउँदै उहाले सरकारको यस्तै रबैया देखाए त्यो महंगो पर्ने चेतावनी दिनुभयो । उहाले वर्तमान सरकार संविधान विपरितका काम गरिरहेको बताउँदै प्राध्यापकहरुको हड्डी फुटाउँदा पनि सरकार मुद्दा फिर्ता लिन लागेको आरोप लगाउनुभयो । उहाले कोशी प्रदेशमा सरकारले असंवैधानिक काम गरिरहेको भन्दै संसदको सभामुको चियमा बसेको मासिनले भोट हाल्न पाउँदैन भन्ने अदालतको निर्णयलाई समेत वेवास्ता गरेको छ ।
पूर्व प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि राजनीतिक स्वार्थको खेल नबनाउन चेतावनी दिँदै पीडितहरुलाई पिडा दिएर शान्ति प्रक्रिया टुंगोमा नपुग्ने उल्लेख गर्नुभयो । उहाले माओवादी द्धन्द्धकालमा मारिएका परिवारहरु सन्तानलाई राज्यले शिक्षा दिक्षा दिनुपर्ने समेत बताउनुभयो । उहाले कर्मचारीलाई जथाभावी रुपमा प्रयोग नगर्न चेतावनी दिँदै कसैले ससुरालीबाट ल्याएको देश नभएको चेतावनी पनि दिनुभयो । नेपाली कांग्रेसप्रतिपनि आक्रामक हुनुभएका अध्यक्ष ओलीले नेपाल कांग्रेस विपिी कोइरालाले नेतृत्व गरेको पार्टी विचार बिहीन भएको आरोप लगाउनुभयो । उहाले भन्नुभयो, कांग्रेसको हविगत हेर्दा आफूलाई माया लाग्ने समेत उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले पूर्व राजाले भक्तपुरमा पुगेर नाटक मञ्चन गरेको दावी गर्नुभयो ।