नुवाकोटमा कांग्रेस संस्थापनद्वारा अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक : वडा ६, पालिका ९ र प्रदेश–क्षेत्र ११ गते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ३, शनिबार १७:४१

नुवाकोट, असोज ३ । राष्ट्रिय विपत्तिका कारण असोज ३ गते हुन नसकेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन नयाँ कार्यतालिकाअनुसार अघि बढाउने निर्णय नुवाकोटमा गरिएको छ।

केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला कार्यसमितिले आयोजना गरेको छलफलमा वडा अधिवेशन असोज ६ गते, नगरपालिका तथा गाउँपालिका अधिवेशन असोज ९ गते र प्रदेश तथा क्षेत्रीय अधिवेशन असोज ११ गते गर्ने निर्णय गरिएको हो।
छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, सीता मिजार, कांग्रेस नेता जगदीश्वरनरसिंह केसी सहित विभिन्न गाउँपालिका सभापति तथा वडा सभापतिहरूको उपस्थिति रहेको थियो।


राष्ट्रिय विपत्तिका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ३ गते वडा अधिवेशन हुन नसकेपछि जिल्ला तहमा नयाँ मिति तय गर्न छलफल गरिएको हो। तर, कांग्रेसको संस्थापनइतर पक्षले भने असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरिरहेको जनाएको छ। यससँगै नुवाकोट कांग्रेसमा महाधिवेशनअन्तर्गत फरक–फरक मितिमा अधिवेशन अघि बढाउने तयारी सँगै कांग्रेस विभाजित हुने निश्चित देखिन्छ


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *