
विदुर । नुवाकोट जिल्लाको एक मात्र जिल्ला अस्पतालको रुपमा रहेको त्रिशुली अस्पतालकाविरुद्ध भ्रम सिर्जना गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर ९ कोलनीका रबिनजंग गोतामेलाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धि कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।
असोज १३ गते आफन्त भेट्न अस्पताल पुगेको गोतामेले आकसिम्क कक्षमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार देखाएको बताइएको छ । उनले सोही विषयमालाई लिएर सामाजिक सञ्जालमा भ्रमपुर्ण सामाग्री समेत पोष्ट गर्दै अस्पतालका अध्यक्ष र मेडिकल सुररिटेण्डेडलाई अपशब्द प्रयोग गरेर गाली गरेका थिए । उनको उक्त भ्रमपूर्ण अभिव्यक्तिलाई लिएर अस्पताल प्रशासनले प्रहरीमा उजूरी गरेपछि उनलाई पक्राउ गरि आवश्यक कारबाही थालिएको जनाइएको छ । पछिल्लो समय मुलुकभर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका विषयमा भौतिक आक्रमण हुन थालेपछि चित्किस
असोज १३ गते आफन्त भेट्न अस्पताल पुगेको गोतामेले आकसिम्क कक्षमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार देखाएको बताइएको छ । उनले सोही विषयमालाई लिएर सामाजिक सञ्जालमा भ्रमपुर्ण सामाग्री समेत पोष्ट गर्दै अस्पतालका अध्यक्ष र मेडिकल सुररिटेण्डेडलाई अपशब्द प्रयोग गरेर गाली गरेका थिए । उनको उक्त भ्रमपूर्ण अभिव्यक्तिलाई लिएर अस्पताल प्रशासनले प्रहरीमा उजूरी गरेपछि उनलाई पक्राउ गरि आवश्यक कारबाही थालिएको जनाइएको छ । पछिल्लो समय मुलुकभर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका विषयमा भौतिक आक्रमण हुन थालेपछि चित्किसकहरु आन्दोलित भएका थिए ।
चिकित्सकहरुले आन्दोलन गरेपछि हिजोमात्रै सरकारले चिकित्सकलाई आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति गरेको थियो । तर त्यसको मसि सुक्न नपाउँदै आज फेरि राजधानीमा चिकित्सकमाथि भौतिक आक्रमण भएको समाचार बाहिरिएको छ । चिकित्सकमाथि हुने यस्ता आक्रमणले आफ्नो सुरक्षालाई लिएर चिकित्सकहरु नै त्रसित हुने अवस्थाका कारण स्वास्थ्य क्षेत्र थप प्रभावित हुने अवस्था बनिरहेको छ ।