काठमाडौं ।लुम्बिनी प्रदेश स्थित बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम धर्मावलम्बीबीच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो ।
हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।