
सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा,फाइल तस्बिर
काठमाडौं । सरकारले नेपालीहरुको महत्वपूर्ण चाडबाडका लागि नागरिकलाई सहुलियत दिनका लागि दशैं लक्षित सहुलियत पसल खाल्ने भएको छ । चाडबाडका लागि आम नागरिकलाई सहुलियत दिनका लागि सहुलियत पसल खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले बजारमा अखाद्य वस्तू,म्याद गुज्रेका, तोकिएको भन्दा बढि मुल्यमा सामान नबेच्न व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । सरकारी निर्देशन अनुसार कसैले काला बजारी गर्ने अखाद्य वस्तु बिक्री वितरण गरेको खण्डमा कारबाही गर्ने निर्णय गरेको छ । बैठकले बजार अनुगमनलाई पनि थप व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।