
काठमाडौं । अमेरिकन मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाको आज औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अउपस्थितिमा आज राजधानीको होटल याक एण्ड यतिमा परियोजनाको औचारिक रुपमा शुभारम्भ गर्न लागिएको एमसिए नेपालले जनाएको छ ।
अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत सिइओ एलिस अल्ब्राइटकोले उक्त कार्यक्रमको शुभारम्भ अघि प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गर्नुभएको छ । उहाले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले देखाएको सक्रियताप्रति आभार व्यक्त गर्नु भएको थियो । यसअघि भएको विभिन्न चरणको छलफलमा अमेरिका र नेपाल सरकार दुवैले एमसीसीको कार्यान्वयन निर्धारित समयभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
नेपाल र संयुक्त राज्य अमेरिका दुवैले उच्च प्राथमिकतामा राखेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका परियोजना पाँच वर्षभित्र सम्पन्न नभए त्यस अन्तर्गत प्रतिबद्धता जनाइएको रकम आउन बन्द हुने सम्झौतामा उल्लेख भएकाले समयमा नै यसको कार्यान्वयका लागि दुवै पक्ष गम्भीरताकासाथ लागिपरेको एक सरकारी अधिकारीले नुवाकोट पुकार डटकमलाई बताए ।
उक्त कम्प्याक्टको कार्यान्वयनको पूर्व तयारीका लागि ६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको बताइएको छ । पहियोजनाका लागि नुवाकोट, रसुवा र धादिड. जिल्लामा पर्ने प्रभावित क्षेत्रहरुको जग्गा अधिग्रहणसहित मुआब्जाका लागि एकसिए नेपालले प्रक्रिया थालिसेको छ । नुवाकोटको रातमाटेमा राखिने शब स्टेशनका लागि यसअघि नै जग्गा अधिग्रहण गरेर काम सुरु समेत भैसकेको छ ।
उक्त निर्णयलाई वाशिङ्टनस्थित एमसीएले अनुमोदन गरेपछि नेपाल र एमसीएका अधिकारीहरूले बुधवारबाट एमसीसीको कार्यान्वयनको ठोस चरण थाल्न लागेका हुन्। नेपालममा कतिपय राजनीतिक दलहरुले विरोध जनाएपनि सरकारले त्यसलाई पूर्ण कार्यान्वयनको चरणमा लगेसँगै यसले नेपाल विद्युत प्रशासण लाइनमा थप विकास हुने विश्वास गरिएको छ ।